नायीका घिमिरेको यात्रा अब गायनमा

Sarika ghimire

काठमाडौं । फिल्मी दुनियामा रमाउँदै आएकी नायिका लाई अब गायीकाको रुपमा पाइने भएको छ । ‘मोहनी’ मार्फत उनी उनी गायीकाको रुपमा उदाएकी छन् । उनीद्धारा स्वरवद्ध ‘मोहनी’ बुधबार सार्वजनिक भएको छ ।

घिमिरेको ‘मोहनी’लाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा, गीतकार शान्तिप्रिय, गायिका संगीता राना, राजु सिंह, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल र गायिकाकी आमा रमा घिमिरेले संयुक्त रुपमा एल्वमको लोर्कापण गरे ।

‘मोहनी’ मा ४ वटा गीत समावेश गरिएको छ । रमेश थापा मगरको शब्द तथा जीतेन लेप्चाको संगीत रहेको ‘के देखेर माया लायौ’, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको ‘मुलको पानी, सारिका घिमिरे तथा संगीत रहेको छमछम, सारिका घिमिरे कै शब्द तथा डेनी निरौलाको संगीत रहेको सान्नानी बोलको गीतहरु समावेश छ ।

कार्यक्रममा उनको एकल एल्वम ‘मोहनी’ भित्र समावेश ‘के देख्यौ माया लायौ’ गीतको भिडियो देखाइएको थियो । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा गायिका आफैं मोडलको रुपमा देखीएकी छन् भने उनलाई पुष्पल खड्काले साथ दिएका छन् । सुव्रत आचार्यले निर्देशन गरेको भिडियोलाई भरत रेग्मीले निकैनै आकर्षक ग्राफिक्स्को साथमा सम्पादन गरेका छन् ।

आगो–२, जीवन काडाँ की फूल, रक्तभोग, रामकुमारीलगायतका फरक विषयवस्तुका चलचित्रमा अभिनय गरेकी नायिका घिमिरे चलचित्र, म्युजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । ४ दर्जनभन्दा बढी म्युजिक भिडियो तथा एक दर्जन जति विज्ञापनमा अभिनय गरिसकेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...