बुधबार सुनको भाउ तोलामा २ सय रुपैँयाले बढ्यो
काठमाडौं । गत ४ दिनदेखी लागातार घटेको सुनको भाउ आज भने उकालो लागेको छ । बुधबार सुन तोलामा २ सय रुपैँयाले बढेको छ । त्यस्तै बुधबार चाँदी ५ रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला ५७ हजार १ सय रुपैँयामा कारोवार भइरहेको छ । बुधबार चाँदी तोलाको ७ सय ८५ रुपैँयामा कारोवार भइरहेको छ ।
हिजो सुन प्रतितोला ५६ हजार ९ सय रुपैँयामा कारोवार भएको थियो । त्यस्तै हिजो चाँदी प्रतितोला ७ सय ८० रुपैँयामा कारोवार भएको थियो ।
प्रतिकृया दिनुहोस