बाढीले जग्गा कटान गरि बगाउँदा १६ परिवार बिचल्लीमा  

Pahiro 28

कञ्चनपुर । भदौ दोस्रो साता आएको बाढीले जग्गा कटान गरि बगाउँदा १६ परिवार बिचल्लीमा बिचल्लीमा परेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा बिचल्लीमा परेका हुन् ।

खेती लगाउँदै आएको झण्डै २ बिगाहा १० कट्ठा जग्गा बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका छन् ।

धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताए ।

‘जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनु पर्ने अवस्था आएको छ’,। जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घरमात्रै बाँकी रहेको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ ।

तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन् । तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ परिवारसहित अन्य परिवार गरी ३५ परिवार विस्थापनमा पर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...