“मलाई यति चाँडै छोडी तिमी गयौ”

गीतकार देव बज्राचार्यको निधन

Dath
काठमाडौं । गीतकार देव बज्राचार्यको निधन भएको छ । काठमाडौंको बयोधा अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको हो । ६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । काठमाडौं ओमबहालमा जन्मिएका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिएका छन । केही रचनामा भने उनी आफैले स्वर दिएका छन । एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...