लोकतन्त्रको अनुभूति जनतासम्म पु¥याउन सभामुख घर्तीको आग्रह
रोल्पा । सभामुख ओनसरी घर्तीमगरले स्थानीय तहका जनप्रतिनिधि संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो कार्यान्वयनकर्ता भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेकी छन् ।
रोल्पाको सुवर्णावती गाउँपालिकामा मंगलबार आयोजित प्रथम गाउँसभाको उद्घाटन गर्दै संविधानले समृद्ध नेपालको स्पष्ट मार्ग तयार गरिसकेको बताउँदै सो मार्गमा कुशलताका साथ हिँड्दै समृद्धिमा पुग्नु अबको आवश्यकता रहेको बताइन् ।
संघीय लोकतन्त्र कार्यान्वयनका पहिलो आधार स्थानीय तह भएकाले संवेदनशील भएर काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दै सभामुख घर्तीले देश विकास र समद्धिको साझा एजेण्डा हुनुपर्ने उल्लेख गरिन् ।
पछिल्लो राजनीतिक परिवर्तनपछि महिलाले पाएको अधिकारप्रति एकथरि मान्छेलाई मन नपरेको बताउँदै उनले महिलाको विकास हुनु राष्ट्रको विकास भएको धारणा व्यक्त गरिन् ।
प्रतिकृया दिनुहोस