पहिरोका कारण मुग्लिन–नारायणघाट सडक अवरुद्ध हुन नदिइने

काठमाडौँ । चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गरिने भएको छ ।
समस्या समाधानका लागि के गर्नुपर्छ भन्ने अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नेतृत्वमा सडक विभाग, मुग्लिन–नारायणघाट सडक आयोजनालगायत सरोकार भएका निकायका प्रतिनिधिले आज यो सडकको अवस्थाका बारेमा स्थलगत रुपमा अनुगमन गरे ।
अनुगमनपछि राज्यमन्त्री गुरुङले सडककै कारण यात्रु अलपत्र हुन नदिनेतर्फ मन्त्रालय सचेत रहेको बताइन् । यो सडकका सबै खाल्डा पुरी २४ सै घण्टा सवारी चलाउन योग्य बनाइएको छ ।
बुधबारदेखि नै बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म उपत्यका बाहिर जाने रात्रि बसको चाप हुने भएकाले ट्रकलगायत मालवाहक सवारी प्रवेश निषेध गरिने आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए ।
सडक विस्तारका काम नसकिएकाले बाटोको धुलो कम गर्न दैनिक आयोजनाले पानी हाल्ने व्यवस्था मिलाएको पनि उनले बताए । यो सडकको अनुगमन गर्न दैनिक चार वटा सवारी प्रशासनलाई उपलब्ध गराएको आयोजनाले जनाएको छ । यी सवारीका माध्यमबाट आपतकालीन अवस्थामा उद्धारसमेत गरिनेछ ।
पहिरोको सम्भावित जोखिम भएका स्थानमा खस्नसक्ने माटो ढुंगा पन्छाउन डोजर र स्काभेटरलगायत सामग्रीको व्यवस्था गरिएको छ । अब पहिरोकै कारण सडक अवरुद्ध नहुने गरी काम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस