सुरुङ खन्नका लागि अत्याधुनिक ‘टनेल बोरिङ मेसिन ’ नेपाल भित्रियो

Treeanal

काठमाडौं । राष्ट्रिय गौरवको एउटा महत्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक अत्याधुनिक ‘टनेल बोरिङ मसिन टिबिएम’ ल्याइएको छ ।

चिनियाँ कम्पनीकै लगानीमा ‘टनेल बोरिङ मसिन टिबिएम’ ल्याइएको भेरी बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन्।

ठूला आयोजनाहरुको सुरुङ निर्माणका लागि परम्परागत उपकरणको प्रयोग गर्दा धेरै जनशक्ति र समय लाग्ने भएकोले खर्च समेत बढ्ने हुनाले भेरी बबई बहुउद्देश्यीय आयोजनाले पहिलो पटक त्यस्तो अत्याधुनिक सुरुङ खन्ने यन्त्र भित्राएको बताएको छ ।

उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि उक्त मेसिन ल्याइएको बताइएको छ । भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल(भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलवार राति साढे ९ बजेदेखि बुधवार बिहान ६ बजेसम्म करिब ३० किमी सडकखण्ड पूर्णरुपमा बन्द गरिने आयोजना अधिकारीहरुले बताएका छन् ।

उक्त आयोजनाका अनुसार एकसाथ ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ । निर्धारित समयमै उक्त लक्ष्य पूरा गर्नका लागि उक्त यन्त्र अत्यावश्यक भएकोले ल्याइएको बताइएको छ ।

बालुवा र माटोबाट बनेको नरम प्रकारको चट्टान काट्नका लागि विशेष प्रकारका कटान गर्ने साना उपकरणहरु भने निर्माणस्थलमा पुगिसकेको आयोजनाका अधिकारीले बताएका छन्।

सुरुङ खन्ने जिम्मा पाएको चाईना ओभरसिज ईन्जिनियरिङ्ग कर्पोरेसनले काम सकिए लगत्तै उक्त यन्त्रलाई फिर्ता लैजाने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...