खेलिरहेका दुई दिदीभाइको रक्सी खाएका सुरक्षाकर्मीद्वारा गोली हानी हत्या

Capture 131

एजेन्सी । उत्तर प्रदेशको एटा जिल्लामा सोमबार रक्सीको नशाले मात्तिएका एक सुरक्षाकर्मीले गोली हानेर दिदीभाइको हत्या गरेका छन् ।

पुलिसका अनुसार आरोपी योगेन्द्र उर्फ छोटे सिंह यादवलाई पक्राउ गरेको छ । उक्त घटना अलिगंज क्षेत्रको जसरथपुर थानाक्षेत्रको देवतरा गाउँको हो ।एटाका वरिष्ठ पुलिस अधिक्षक अखिलेश कुमार चौसासियाले बीबीसीलाई भने, ‘घटना सोमबारको हो । आरोपी रक्सीको नशामा पीडित परिवारको घर बाहिर थिए ।

दिदीभाइका आमाले जब उनीहरुलाई त्यहाँबाट जानका लागि भने तब उनले घरबाहिर खेलिरहेका दिदीभाइमाथि लाइसेन्स भएको बन्दुकमार्फत गोली हाने ।

’गोली लागेपछि दिदीभाइ तीन वर्षका शान मोहम्मद र ६ वर्षीया गुल–अफशाको घटनास्थलमा नै मृत्यु भयो जबकी एक बालिका घाइते भएकी छिन् जसको उपचार चलिरहेको छ । पुलिसका अनुसार घाइते बालिका खतरामुक्त छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...