मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु

Jitiya

काठमाण्डौं । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा गरेर आजदेखि शुरु भएको छ ।

तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजे व्रत सम्पन्न हुन्छ ।

व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ ।

पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने भोलि बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बस्ने महिलाले ओठगन गर्नुपर्छ । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको भएको पण्डित कालिकान्त झाको भनाई छ ।

मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिईन्छ । उपवास बसेका दिन महिलाले डकारे, खकार फाले वा जिब्रो टोके भने व्रत असल नहुने भएकाले खड जितिया पनि भनिन्छ । एक पटक असफल भएकी महिला आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...