सांगीतिक आकाशमा उदाउँदै गायिका रेश्मा पुन

Resma pu 2

काठमाडौंं । गायिका रेश्मा पुन पिता धनीराम पुन र आमा पुष्पा पुनको कोखबाट नेपालगंजमा जन्मेकी हुन, बिगत ३ बर्ष देखि नेपालगन्ज हुदै काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक नक्षेत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका रेश्मा सानै उमेर बाट संगीतमा रुचि राख्ने गर्थिन ।

नेपालगंज रेडियो कृष्णसार एफएम गायन प्रतियोगितामा २०६७ मा बिजेता भए पछि आफ्नो व्यवसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी गायिका रेश्मा पुन आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन।

सुमधुर तथा जादुमय आवाजकी धनि गायिका रेश्मा पुन बिगत ५ /६ बर्ष देखि व्यवसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

गायिका रेश्माले करिब ५ दर्जन भन्दा बेसी गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छन्, भने हर किसिमको गित गाउने सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन ।

उनी लोक संगीत देखि पप, आधुनिक र चलचित्र पार्श्व गायनमा समेत आफ्नो गायन कला प्रस्तुत गरिसकेकी एक कुशल मिठो स्वरकी धनि रेश्मा नेपालमा मात्र नभएर विदेशमा सम्म त्यतिकै चर्चित हुदै गईरहेकी छिन ।

नेपालमा हुने विभिन्न मेला महोत्सब देखि लिएर बिदेशमा हुने कार्यक्रममा समेत चर्चा बटुल्दै गरेकी गायिका मिठो आवाजको धनि संगै एक मेहनती,सुन्दर,सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी धनि पनि छन् ।

यहि आउदो १७ तारिख आईतबार हङकङमा हुने कार्यक्रममा शनिबार हङकङ जादै गरेकी गायिका रेश्मा पुन अहिले देश विदेशको कार्यक्रममा व्यस्त बन्दै आएकी छन् ।

सम्पूर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी गायिका रेश्मा गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन उनी थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।

विभिन्न सांगीतिक सम्मान समेत हात पारि सकेकी गायिका हर प्रकारको संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी छन् ।

यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सटाइल गायिका भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनी भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...