विपीको सिद्धान्तअनुसार कांग्रेस अघि बढ्न नसकेकोमा चिन्ता

Dkt samparka muncha

काठमाडौं । नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले विपीको सिद्धान्तअनुसार नेपाली कांग्रेस अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।

शनिबार १०४ औं विपी जन्मजयन्तीको अवसरमा आयोजित ‘विपीको व्यक्तित्व, लोकतान्त्रिक समाजवाद र आजको संगठन विषयक’ विचार गोष्ठीमा भौतिक योजना तथा यातायात राज्यमन्त्री सिता गुरुङले विपीले अघि सारेका वा प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री गुरुङले बिपीले योजना बनाउँदा जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने बताइन् । कांग्रेसको राजनीतिमा बिपीको चरित्र अवलम्बन गर्नुपर्नेमा उनले बताइन् । राजनीतिक स्वतन्त्रताको बिपीको लडाइ काग्रेसले कहिल्यै भूल्न नहुने गुरुङको भनाई थियो ।

रिपोर्टर्स क्लब नेपालमा समितिका सभापति भीम थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समितिका वरिष्ठ उपसभापति रुद्र राईले नेपाली कांग्रेसको अवस्था आईसियूमा राखेको बिरामीजस्तो भएको गुनासो पोखे ।

उनले भने, ‘पछिल्लो समयमा नेपाली कांग्रेसले राम्रा काम भन्दा पनि अल्लारे पारामा नेतृत्वले कांग्रेसलाई अघि बढाईरहेको छ, यस्तो पाराले कांग्रेसका समर्थक र चिन्तकहरुको भबिष्य अन्धकार हुनेछ ।’ नेपाली कांग्रेसका यूवा नेता एवम् सांसद मनोहरनारायण श्रेष्ठले पार्टीको नेतृत्वको बारेमा फरक विचार राख्नेलाई शत्रुको दृष्ट्रिले हेर्न नहुने धारणा राखे ।

धनकुटा जिल्ला कार्यसमिति सभापति अग्निप्रसाद पौडेलले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि वर्तमान समयमा भइरहेका गल्तिहरुको समिक्षा गर्दै पार्टीलाई अघि बढाउनको लागि नेतृत्वलाई आग्रह गरे ।

पूर्व जिल्ला सभापति हरि अधिकारी र सल्लाहकार समितिका संयोजक अजितनारायण सिंह थापाले नेपाली कांग्रेसको ईतिहासमा वर्तमान नेतृत्व चुकेको टिप्पणी गरे ।

कार्यक्रममा समितिका सल्लाहकार सदस्य रेवती दाहाल, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोसी राई, सदस्य निर्मल ओझा लगायतले विपीको बारेमा र नेपाली कांग्रेसको बारेमा आफ्ना धारणाहरु राखका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सम्पर्क समितिका वरिष्ठ उपसभापति रुद्र राईले गरेक थिए भने कार्यक्रमको संचालन सचिव ठगिनकुमार राईले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...