नुवाकोट बस दुर्घटनामा मर्नेको संख्या ७ पुग्यो

Nuwakot bus accident

नुवाकोट । काठमाडौंबाट नुवाकोटको खरानीटार आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

बा १ ख ६३४८ नं को बस शनिबार बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईका अनुसार बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरी तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साँघुरो र एकतर्फी सडकमा क्षमताभन्दा बढी यात्रु बोकेको र स्टेयरिङ नमोडिएर दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटना लगत्तै बसका चालक फरार छन् ।

डा. लोहनी अस्पतालमा

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बस दुर्घटनामा घाइते भएकाहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । डा. लोहनीले बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

घाइतेको अवस्था बुझेपछि उनीहरुको उपचारमा संवेदनशील भई लाग्न डा. लोहनीले चिकित्सकलाई सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...