उद्योग बाणिज्य संघको २६औ साधारण सभा सम्पन्न

Dadeldhura uddyog news

डडेल्धरा २४ भदौं । डडेल्धुरा उद्योग बाणिज्य संघको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न संघको साधारण सभाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य प्रकाशबहादुर साउँदले उद्घाटन गरेका थिए ।

सो साधारण सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य साउँदले स्थानीय तहको निर्वाचन भइसकेको अवस्थामा स्थानीय क्षेत्रको विकासमा लाग्न सजिलो भएको बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।

उनले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए ।

अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले आफनो प्रमुख एजेन्डाका रुपमा नगर सरसफाई, स्थानीय उद्योगको विकास, संरक्षण र प्रवर्धन रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताइन् । उनले विकास निर्माण औद्योगिक विकासका उद्योग बाणिज्य संघ सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाइन् ।

डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज पनेरुको सभापतित्वमा सम्पन्न २६ औ बार्षिक साधारण सभाले उद्योग व्यवसायीहरुका हक–हितका लागि नयाँ ढंगबाट व्यबसाय संचालन गर्ने र समृद्ध डडेल्धुरा निर्माणका लागि योजना बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...