गेलुलाई न्याय दिने ठाउँ बनाउँछु : गृह राज्यमन्त्री श्रेष्ठ

Gelu 24

काठमाडौँ । परिवर्तित राजनिति घटनाले नेपालको वामपन्थी आन्दोलनमा एउटा इतिहास कोर्ण सफल भएको रामेछापमा नयाँ दिनको आरम्भ भएको छ ।

गेलु बासीले हिजो देखेको गेलु र भोलीको कल्पना गरेको गेलुलाई विगतका दिनमा गेलु भन्ने वितिकै झेलु भन्ने गर्थे तर अब गेलुलाई झेलु हैन न्याय दिने ठाउ भनेर स्थापित भइसकेको गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ले बताए ।

जागरुक युवा समाज मंन्थलीले शनिबार आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै आफु सासंदमा रहँदादेखि नै रामेछापको विकासमा अग्रसर रुपमा लागेको बताए ।

विगत ४ वर्षदेखि यातायात खानेपानी जस्ता समग्र विकासका पूर्वाधारलाई आफ्नो मुख्य योजना बनाएर लागेकोमा जोड दिएका छन् । मानवीय शक्ति राष्ट्रिय योजनाका कामहरुमा ०६२/०६३ मा नैभएको भए आफुले आज यो अवस्थामा आउन नपाउने बताउँदै समग्र विकासमा हातेमालो गरेर अगाडी बढ्न आग्रह गरेका छन् ।

यो भन्दा ३० वर्ष पहिले नै स्थानीय तहको निर्वाचन भएको भए होनाहार नेपाली आमाका छोराले ज्यान गुमाउन नपर्ने बताए । नेपालमा हुने करोडौँ बजेट नितिगत रुपमा सञ्चालन नहुनु नै दुःखद रहेको बताउँदै गेलुलाई पर्यटकीय रुपमा स्वागत गर्न नसकेको बताए ।

जलस्रोतको धनी रहेको रामेछाप जिल्लालाई विद्युत उत्पादनको क्षेत्रमा एकपछि अर्को गरि निरन्तर अगाडी बढ्ने र शेयर लगानी कर्ता रामेछापबासी लाई बनाउने बताए ।

मन्थली नगरपालिका वडा नं. ११ को १ करोड १५ लाख छुट्याइएको र ५२ वटा योजना छनेट भएकोमा खुसी व्यक्त गर्दै कसरी यसलाई विस्तार र उन्नति गर्न सकिन्छ भन्ने विषयमा सबै सजग भएर अगाडी बढ्नु पर्ने मंन्थली नगरपालिककी उपमेयर माया कार्कीले बताइन् ।

कार्यक्रममा जागरुक युवा समाजका अध्यक्ष विशाल श्रेष्ठ, सचिव सागर बोहोराले वडामा हुने विकासका कार्यमा भष्टचार मुक्त र स्पष्ट रुपमा गराउनुपर्नेमा गृह राज्य मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...