सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक : प्रधानन्यायाधीश

Gopal parajuli

काठमाडौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ पढाउने अधिकार नरहने बताए ।

मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित महिलाको हक हितमा कानूनी संरचना विषयक अन्तक्र्रियामा स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

उनले भने प्रधानन्यायाधीश पराजुलीले शिक्षाको माध्यमबाटै समाजको विभेद् हटाउन सकिने भएकाले सामाजिक रुपान्तरण र लैङगिक समानताका विषय समेटिएका चेतनामूलक कार्यक्रम गाँउगाँउ पु¥याउनुपर्छ ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले भने विविधता सम्पति हो, विभेद् गलत हो, प्रवृत्ति बदलिएपछि रुपान्तरण गर्ने मार्गमा कुनै बाधा अड्चन हुदैन । यो पटक÷पटकका घटनाले पुष्टि गरिसकेको पक्ष हो ।

नेपाली काँग्रेसका नेता महेश आचार्यले औपचारिक शिक्षामा मात्र नभइ महिला सशक्तिकरण र चेतना जगाउने सवालमा कलेजले पु¥याएको योगदान निकै प्रशंसनीय रहेको बताए ।

उनभने ‘राजनीतिक गर्नेले नीति, नियम र विधानप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने पक्षलाई कसैले कही पनि बिर्सन हुँदैन, अन्यथा राजनीति र राजनेताप्रति जनताको आस्था र विश्वास कमजोर बन्न पुग्दछ ।’

पूर्वमन्त्री एवं संविधानविज्ञ् नीलाम्बर आचार्यले नारी शिक्षाले समाजलाई उज्यालो बनाउने पक्षलाई दृष्टिगत गरी मोर्डनकन्या कलेजले नारी शिक्षामार्फत असल पुस्ता निर्माणमा बेग्लै पहिचान दिन सफल भएको बताए ।
मुलुकमा आत्मनिर्भर शिक्षा तथा अनुशासन र नैतिकताको खडेरी परिरहेको अवस्थामा न्यून शुल्कमा ४ सय भन्दा बढी छात्रालाई कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताइयो ।

कलेजका प्राचार्य सविन पोखरेलले मुलुकमा नारी शिक्षाको उन्नयनमा कलेजले पु¥याउँदै आएको योगदानबारे प्रकाश पारे ।

सो अवसरमा समाजसेवी सुनिता पोखरेलले विद्यालयको नाममा अक्षयकोष स्थापनाका लागि प्रदान भएको १ लाख २१ हजार १ सय २१ रुपैयाको थैली प्रधानन्यायाधीश पराजुलीले कलेजलाई हस्तान्तरण गरे ।

सो अवसरमा स्व. वेदमाया दाहालका नाममा उक्त कलेजमा स्थापना भएको छात्रवृत्ति जेहन्दर छात्रा सुष्मा पहाडी र प्रजिना गौतमलाई प्रदान गरियो ।

कलेजको वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...