अस्ताए दलित आन्दोलनका एक अगुवा
काठमाडौं । दलित आन्दोलनका अगुवा प्रतापराम लोहारको निधन भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका पूर्व केन्द्रिय सदस्यसमेत रहेका ७४ वर्षीय लोहारको शुक्रबार निधन भएको हो ।
लामो समयदेखि मधुमेह, मृगौला र उच्च रक्तचापबाट पीडित थिए । लोहारको शुक्रबार साँझ ५ बजे ललितपुरको सुमेरु अस्पतालमा निधन भएको हो ।
लोहारको श्रीमती, एक छोरा र चार छोरी छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोहारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
को हुन् लोहार ?
दार्चुलामा जनिमएका लोहार दलित आन्दोलनका एक अगुवा हुन् । उनी दलित आन्दोलनमा २०२४ देखि लागेको बताइन्छ ।उनको टिआर विश्वकर्मा, हिरालाल विश्वकर्मा लगायतसँग निकट सम्बन्ध थियो । उनी पञ्चायतकालमै दलित आन्दोलनमा सक्रिय थिए ।
उनी कुनै बेला दलित जनविकास परिषदमा सक्रिय निक्कै थिए । पछि यो विकास समितिमा विवाद भएपछि समाज कल्याण संघ बनेको थियो । उनले समाज कल्याण संघलाई कांग्रेसकै भात्रृ संस्था बनाउने प्रयास गरेका थिए ।
उनी २०२१ मा चलेको गाउँ फर्क अभियानमा दार्चुलाका सचिव थिए । कुनै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द निकट थिए । उनी चन्दका अघोषित सल्लाहकार नै थिए । त्यही भएर उनी २०४६ पछि केही राप्रपाको केन्द्रिय उपाध्यक्ष समेत भएका थिए । पछि कांग्रेसमा प्रवेशमा गरेका थिए । उनी शाहीकालमा मन्त्री भएका थिए ।
उनले दलितका नाममा सञ्चालित एक मात्र विजेश्वरी छात्राबासलाई जोगाउन निक्कै पहल गरेका थिए । २०२१ मा तत्कालीन राजाले सहर्षनाथ कपालीलाई पैसा दिएर यो छात्राबास बनाउन लगाएका थिए ।
तर, उनले पछि उसलाई समाज कल्याण परिषदमा दर्ता गर्दा भने गलत गरेका थिए । जसका कारण सरकारले यसलाई खासै वास्ता गर्ने गरेको छैन । गत वर्ष सरकारले यो छात्राबास बनाउन ६ लाख दिए पनि विवादकै कारण सो पैसा फ्रिज भएको थियो ।
यो छात्राबास नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नाममा छ । उनी सो संघको अध्यक्ष थिए ।
प्रतिकृया दिनुहोस