एचडिसिएसले पायो अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक
डडेल्धुरा २३ भदौं । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले अन्तर्राष्ट्रिय स्तरको स्वर्ण पदक हात पारेको छ ।
एचडिसिएसले सन्चालन गरेको जनस्वास्थ्य कार्यक्रमअन्तर्गत मातृ तथा शिशु स्याहार कार्यक्रममार्फत रुकुम तथा लमजुङ जिल्लामा उल्लेखनीय काम गरेको भन्दै आईपिएमएले स्वर्ण पुरस्कार प्रदान गरेको हो । (एचडिसिएस) ले यसअघि पनि सन् २०१५ मा समेत आईपिएमएबाट विश्वका उत्कृष्ट गैह्रसरकारी सेवाको व्यवस्थापनअन्तर्गत तेस्रो स्थान हासिल गरी कास्य पदक प्राप्त गरेको थियो ।
विश्वभरका गैह्रसरकारी सेवाद्धारा समाजमा क्रियाशील संंघसंस्था मध्येबाट सामुदायिक सेवाको विकास कार्यक्रमअन्तर्गत मातृ शिशु विकास कार्यक्रमतर्फ स्वर्ण पदक हात पारेको कार्यक्रम संयोजक आशिष कुँवरले बताए । उनले अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्दा सामाजिक सेवामा काम गर्न गर्न थप उत्साही बनाएको बताए ।
मानव विकास तथा सामुदायिक सेवाले सन्चालन गरेको जनस्वास्थ्य कार्यक्रम सन् २०१२ देखि रुकुम र २०१६ देखि लमजुङ जिल्लामा संचालन भइरहेको छ । यस पुरस्कारले संस्थाले गरेको सामाजिक कार्यको अन्तर्राष्ट्रिय स्तरबाट मुल्यांकन भएको संस्थाको कार्यकारी निर्देशक डा. नस्टु शर्माले बताए ।
यस कार्यक्रमको सुरुवातसँगै सुत्केरी आमा र तिनका वालवालिकाहरुलाई स्वास्थ्य क्षेत्रमा धेरै सहयोग पुग्दै आएको छ । मानव विकास तथा सामुदायिक सेवाले अस्पताल, विद्यालय, दिवा शिशु स्याहार केन्द्र तथा ओखलढुंगा, डडेल्धुरा र रुकुममा सामुदायिक रेडियो आफनो एफएम संचालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस