आचारसंहिता उल्लंघन हुन्छ निर्वाचन आयुक्त डा.यादव

मनोविज्ञान अन्त्य गर्न आवश्यक

Yadav

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्ने विरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताएका छन् । 

प्रदेश नम्बर २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए ।

निर्वाचनमा हुनसक्ने आर्थिक चलखेलको सुक्ष्म अनुगमन गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा।यादवले भने “ निर्वाचनमा आचारसंहिता उल्लंघन हुन्छ,मनोविज्ञान अन्त्य गर्न आवश्यक छ, पैसाको धाकमा निर्वाचनलाई धुमिल हुन नदिनेतर्फ अनुगमनकर्ता सचेत हुनुपर्दछ ।”

आयुक्त सुधीरकुमार शाहले प्रचारप्रसारलाई भड्किलो हुनबाट रोक्न र निर्वाचन खर्चलाई आचारसंहिताको सीमाभित्र कायम राख्न सुक्ष्म अनुगमनकर्ताले दिने सूचना प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

आयोगका सहसचिव दीपक सुवेदीले उम्मेदवारले गर्ने खर्चको सीमा र समग्रमा निर्वाचन आचारसंहिता पालना भए नभएकोबारे मसिनोसँग अनुगमन गर्न निर्देशन दिए ।

आयोगले प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भदौ २४ गतेदेखि असोज ४ गतेसम्म निर्वाचन अनुगमनका लागि ४० जना सुक्ष्म अनुगमनकर्ता खटाएको हो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल छ हजार छ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...