गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

Pan

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको गुरुयोजना निर्माण गरी वृहत सोचका साथ काम गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले राजधानी काठमाडौँमा संरचना बनाउने र भत्काउने नगरी एकसय वर्षभन्दा पछिसम्मको सोच राखेर गुरुयोजना निर्माण गरी विकास निर्माण गर्नुपर्ने बताए ।

संघीयता र संघको निर्वाचनसँगै संविधान पूर्णरुपमा कार्यान्वयन हुने भन्दै उनले अवको समय आर्थिक समृद्धिको भएको बताए । कार्यक्रममा भरतपुर महानगरपालिकालाई बहुआयामिक नगरको रुपमा विकास गर्नुपर्ने तथ्यांकगत रुपमा गुरुयोजना निर्माण गर्न सुझाव दिए ।

विश्वका महत्वपूर्ण देशका प्रमुख महानगरसँग भगिनी सम्बन्धको विकास गरी महानगरलाई एकीकृत विकास गर्नुपर्ने पनि उनको जोड थियो । सहरी विकास मन्त्री प्रभू शाहले भरतपुर महानगरलाई नमुना सहर बनाउनका लागि मन्त्रालयले काम सुरु गरेको बताए ।

भरतपुर महानगरमा क्षेत्रीय विमानस्थल, शिक्षा र स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । नवलपरासी जोड्ने पुल निर्माण गर्ने र राप्ती एवं नारायणी दुई नदीको किनारै किनार चक्रपथ बनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा चितवन क्षेत्र नं।३ का सांसद कृष्णभक्त पोख्रेल, सांसद सन्तु दराईलगायतले भरतपुर महानगरको विकास गुरुयोजना निर्माण गरी काम गर्नुपर्ने बताए । “स्मार्ट सिटी बनाउन डिपिआरका लागि ठेक्का भइसकेको छ ।”

भरतपुर महानगरमा रेणु दाहाल प्रमुख पदमा विजयी भएकी छन् । महानगर नै भएको चितवनबाट आउँदो संघको चुनावमा उम्मेदवार बन्ने घोषणा समेत प्रचण्डले गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...