दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

राजविराज । सप्तरीको राजविराज नगरपालिका १५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका १० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ ।

खाँडो नदीबाट स १ त ७२५५ नं को ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफै अनियन्त्रित भई ल्टिएको थियो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...