उत्तर कोरियाको आणविक परीक्षणका कारण पहिरो गयो, जमिन चिराचिरा

North korea missile program

एजेन्सी । उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका कारण पहिरो गएको एक स्याटेलाइट इमेजबाट देखिएको छ ।

आइतवार उत्तर कोरियाले गरेको आणविका परिक्षणका कारण पहिरो गएको एनेलिसिस ग्रुप ३८ नर्थले सार्वजनिक गरेको स्याटेलाइट तस्वीरमा देखिएको हो । उत्तर कोरियाले प्योङ्–रि परमाणु परिक्षण केन्द्रमा आइतबारको परिक्षण गरेको थियो ।

उत्तरले हालै गरेको परिक्षणका कारण ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पनि मापन गरिएको थियो । आइतवारको परिक्षण सहित ६ आणविक परिक्षण गरेको उत्तर कोरियाले आफ्ना परिक्षण प्योङ्–रि आणविक केन्द्रबाट गर्ने गरेको छ ।

सोमबार लिइएको भनिएका ती तस्वीरमा पहिरो जानुका साथै केही क्षेत्रमा चिरा समेत परेको देखिएको छ । अझ भूकम्पका कारण त्यहांको पहाडमा रहेका माटो जमिन फाटेर बाहिर निस्किएको समेत देखिएको जनाइएको छ । उक्त पहिरो माउन्ट मनतापमा गएको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...