५ लाख घुस लिँदै गर्दा ३ कर्मचारी पक्राउ  

Ghus

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस लिँदै गर्दा ३ कर्मचारीलाई पक्राउ परेका छन् ।

आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहिबार बिहान पक्राउ गरेको हो ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा ५ लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले राससलाई जानकारी दिए ।

पक्राउ पर्नेले ४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी १ हजार ५ द सय र ६ लाख ७५ हजार मागेका थिए । तर बार्गेनिङ गर्दा ५ लाखमात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...