बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु काठमाडौंमा

Potato aalu

मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ ।

हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात रहेको छ ।मनाङको प्रमुख बाली आलु हो । अहिले आलु खन्ने समय भएको छ ।

वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको मन जितेको छ ।

नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन् । मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन् ।

मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ ।

आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यावसायिक रुपमा आलुखेती गर्न थालेका छन् भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...