निःस्वार्थ भावनाले काम गर्न टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न निर्देशन दिएका छन् ।
टेलिकमद्वारा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले टेलिकमको ग्र्राहक संख्या, प्रचार÷प्रसार र आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले सही मान्छेलाई सही ठाउँ दिनुका साथै गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कारको व्यवस्था गर्ने बताए ।
विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ ।
कार्यक्रममा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले टेलिकममा देखिएका ढिलासुस्तीबाट फड्को मार्दै योजनाबद्ध ढंगबाट सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । टेलिकमका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले नेपाल टेलिकमको टावर नै नभएको गुनासो बढ्दै गएको हुँदा जतिसक्दो चाँडो त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
टेलिकमले उपभोक्ता वर्गको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आवमा विभिन्न कार्यक्रममार्फत आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ । कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब रु २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले प्राधिकरणले त्यस सम्वन्धी कामलाई तिब्रताका साथ अगाडि बढाएको जानकारी दिए ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले अहिलेसम्म ग्राहकको माग अनुसार सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समेत ग्राहकको चाहनाअनुसार अगाडि बढ्ने बताए । चालु आवमा टेलिकमको मुनाफा रु १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस