डेङ्गुका कारण पाकिस्तानमा १७ जनाको मृत्यु

Dengue aedesegyptihighres

पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी खैबर पाकथुङ्ख्वा प्रान्तमा जुन महिनाको १७ गतेपछि अहिलेसम्म जम्मा १७ जनाको डेङ्गुका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म पाकिस्तानमा लामखुट्टेको टोकाइबाट सर्ने उक्त भाइरसका कारण ४ हजार २ सय नागरिक प्रभावित बनेका र उनीहरूमध्ये केहीले पाकिस्तानी शहर पेशावरमा उपचार गराइरहेका छन् ।

उक्त अस्पतालमा उपचारपछि ३ हजार ५ सय स्वस्थ भई घर फर्केका प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको छ भने केहीले गम्भीर समस्याका कारण विशेष निगरानीमा राखेर नियमित उपचार भइराखेको विभागले जनायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...