सप्तरीको भारदहमा बाढीले करोडौँको केराखेती नष्ट

Kera

राजविराज । दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ । 

हनुमानगर कंकालनी नगरपालिका १ स्थित भारदहमा लगाइएको केराखेती नष्ट भएको हो । करिब पाँच सय बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताए ।

कृषक बैजु मण्डलका अनुसार एक बिघा जग्गामा केराखेती गर्न करिब तीन लाखभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । चारसय बिघामा केराखेती गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...