क्यानका पूर्व अध्यक्ष शाहको निधन

Jaykumarnathshah kkk

काठमाण्डौं । नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ । 

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुन थालेको हो ।

नेपाल क्रिकेट संघका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए । कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए ।

“क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उनले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपु¥याएको हो,” अध्यक्ष चन्दले भने । काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शाहको नाममा उनी जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो । सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो । उनी एसियाली क्रिकेट परिषद्को उपाध्यक्ष समेत रहिसकेका छन् ।

“९६ वर्षसम्म त बाँच्छु होला,” सम्मानित भएपछि मन्तव्यका क्रममा शाहले भनेका कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भने, शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाएका थिए ।उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गरेका थिए । 

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसीसी ले सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...