गाई काटेर मासु बेचेको आरोपमा २ युवा पक्राउ

Handcuff arrest

नवलपरासी । राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा २ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी बुद्ध विकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

विकले पालेको ३ वर्षको गाई गाउँकै केसी विकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेको प्रहरीको भनाइ छ ।

स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई गाउँलेलाई भाग लगाएर बेचेको उनीहरुमाथि आरोप छ ।

यसबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि बुद्ध र केशवलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

अधिवक्ता हरिनारायण रेग्मीका अनुसार मुलुकी ऐन चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई आदेश दिनेलाई ६ वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...