यादवद्वारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट
काठमाण्डौ । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका छन् ।
महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहनुभएका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उनलाई सो पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गरेलगत्तै नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराउनु भएको छ ।
गएराति नै औरहीमा एक सभाको आयोजना गर्दै नेता बादलले उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाउदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिएको थियो ।
प्रतिकृया दिनुहोस