लोकसेवा आयोगको प्राविधिक पदमा दरखास्त नपर्ने

Lok sewa

काठमाडौँ । आव ०७३:७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ । लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ ।

आयोगबाट यसरी खुलाइएका विज्ञापनमा दरखास्त नपर्ने स्वास्थ्यतर्फका प्राविधिक पद छन् । एघार पदबाहेक सबै स्वास्थ्यतर्फका प्राविधिक पदमा दरखास्त नै नपर्ने गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

टाइपिस्ट, मौसम विज्ञापन सहायक, नायब मौसम विज्ञान सहायक, रेखा विशेषज्ञ, इञ्जिनियरिङजस्ता सेवाबाहेक सबै स्वास्थ्य सेवाका पद छन् । उनका अनुसार चौथो पददेखि नवौँ पदसम्मका ती विज्ञापनमा दरखास्त नपर्ने गरेको हो ।

“पटक पटक हामीले विज्ञापन खुलाउँदा यी विज्ञापनमा दरखास्त परेको पाइँदैन” उनले भने “सामान्य प्रशासन मन्त्रालयले विज्ञापन खुलाउनका लागि दरखास्त उपलब्ध गराएपछि हामीले खुलाएका हौं ।”

अधिकांश पद आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नुपर्ने पद छन् । तीमध्ये दुई मात्र खुला प्रतियोगिताबाट मात्र पदपूर्ति गर्नुपर्ने रहेका छन् । स्वास्थ्यतर्फ खुला चिकित्सक मेटालर्जिष्ट र कन्सल्टेण्ट ट्रपिकल मेडिसिन मात्र छन् ।

दरखास्त नपर्ने केमिकल इञ्जिनियर, एनेस्थेटिक सहायक, कन्सल्टेण्ट युरो सर्जन, कन्सल्टेण्ट नेफ्रोलोजिष्ट, कन्सल्टेण्ट ग्याष्ट्रोइन्टेरोलोजिष्ट छन् । यी पदमा दलित र महिलाका लागि दरखास्त मागिए पनि परेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...