जिप दुर्घटनामा एकजनाको मृत्यु

मनाङ । जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ यात्रु घाइते भएका छन् । 

दुर्घटनामा नेस्याङ गाउँपालिका ३ की ६३ वर्षीया निमा थुमा लामाको मृत्यु भएको छ । नेस्याङ गाउँपालिका १ स्थित स्वर्गद्धारीमा जीप दुर्घटना भएको हो ।

नासोङ गाउँपालिका ३ धारापानीबाट मनाङतर्फ आउँदै गरेको ग १ ज ६३१५ नं को जीप भ्राताङ खोला नजिकै दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

जिप सडकबाट करिब ५० मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । अहिले प्रहरीले घाइतेको उद्धार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...