ठूलीभेरीमा फसेका तीन जनाको उद्धार

डोल्पा । ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ ।
यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्र्याक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको खबर प्राप्त भएलगत्तै कालीदत्त गुल्म सुलिगाड, भगवती दल गुल्म भदालेका सैनिक र जिप्रका डोल्पाको प्रहरीसहितको टोलीले जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएकामा रुकुम जिल्ला स्यालापाखा गाउँपालिका–४ निवासी ट्र्याक्टर चालक २१ वर्षीय कानरबहादुर कामी तथा सल्यान जिल्ला कुमा गाउँपालिका–४ निवासी १७ वर्षीय टीकाराम बिसी र ५३ वर्षीय जनक बिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भेरीमा पानीको बहाव उच्च भएकाले ट्र्याक्टर नदीबाट झिक्न नसकिएको भगवती दल गुल्मका गुल्मपति सौगात सिंखडाले जानकारी दिए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस