‘ढुङ्गा पुज्ने मनहरु’
सृष्टीको सुन्दर श्रेस्ता भन्छन् मानवलाई
सुन्दरता भित्र मानव लुकाउँछ कुरुपतालार्ई
विचित्रको देख्छु यो दुनियाँ को छ रुनी यहाँ
कोहि रुदै पागल झैं हिड्दा झुमी हेर्छ दुनियाँ
छाती चर्किएर कति दुख्यो होला
त्यो दुनियाँ निर्दयीको हुल देख्दा ।
गिज्जाएर हासे दुनियाँ अझ
कसको मन पग्लियोर आसुमुल देख्दा ।
धेरै थिए गिज्जाएर हास्ने
अनि उसलाई जिस्क्याउने पनि ।
निष्ठुर त्यो हृदयको तीखो बचन
कसले बोल्थ्यो नबिजाउने पनि ।
यो दुनियाँ यस्तै छ कोही रुदा कोहि हास्ने
भनी मन त बुझाएकै थिए ।
अह कहाँ मान्थ्यो र यो कोमल हृदयले
सम्झिएर फेरि आँखा रुझाएकै थिए ।
मानवताको हृदय त्यो छ भने
दुःख पर्दा मानवताको व्यबहार गरिदेउ ।
निर्दयीको निष्ठुर त्यो हृदयमा
सृष्टीको नौलो सिर्जना भरिदेउ ।
‘एकल यात्री कुशल कुमार’
प्रतिकृया दिनुहोस