भक्तपुर औद्योगिक क्षेत्र सहयोगको पर्खाइमा
नगरकोट । सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अवस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यमै समस्याबाट ग्रसित बनेको छ ।
उपत्यकामा रहेका तीनवटा औद्योगिक क्षेत्रमध्ये सानो भक्तपुर औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि ठाउँ अभावदेखि ढल निकास र भौतिक संरचना मर्मतलगायतका पर्याप्त पूर्वाधार नहुँदा समस्या भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
औद्योगिक क्षेत्र ७१ रोपनी क्षेत्रफलमा फैलिए पनि उद्योगलाई भने ५८ रोपनी जग्गा मात्रै भाडामा दिएको छ । भक्तपुर औद्योगिक क्षेत्रभित्र नेपाली कागजको हस्तकला, काष्ठकला र धातुकलाका परम्परागत एवं मौलिक वस्तु उत्पादन गर्नेसँगै पस्मिना, दुग्धपदार्थ, कपडालगायतका ३६ उद्योग सञ्चालनमा छन् ।
बर्जर ब्राण्डको अन्तरराष्ट्रिय रङ उत्पादन गर्ने उद्योगसमेत यही औद्योगिक क्षेत्रभित्र छन । तर भौतिक संरचना जीर्ण बन्दै गएका छन् । यी संरचनाको अझै मर्मत हुन सकेको छैन । मर्मतका लागि आवश्यक बजेट अभाव रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत जीवनारायण बन्जाडेले बताए । अहिले औद्योगिक क्षेत्रभित्र दैनिक तीन÷चार घण्टासम्म विद्युत्भार कटौती हुने गरेको छ ।
औद्योगिक क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गर्नुपर्ने उद्योगी रामप्रसाद प्रजापतिले बताए। उनले देश विद्युत्भार कटौती मुक्त भइसकेको अवस्थामा भक्तपुर औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त हुन नसक्नुले उद्योगीको लागत बढ्नुका साथै व्यवसायी दोहोरो मारमा परेको बताए।
भक्तपुर औद्योगिक क्षेत्रमा जग्गा अभाव देखिएको कारण यहाँ व्यवसाय गर्न इच्छुक व्यक्तिले नयाँ उद्योग स्थापना गर्न सकेका छैनन् । कार्यालयका अनुसार नयाँ उद्योग स्थापनाका लागि जग्गा अपुग भएको छ । करिब ७१ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा ठाउँको अभाव हुँदा औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्न समस्या भएको छ ।
भक्तपुर नगरपालिकाले पनि सो औद्योगिक क्षेत्रको विकास र यहाँ थप उद्योग स्थापनाका लागि सहयोग गर्न नसकेको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार नगरपालिकाले वार्षिक प्रतिउद्योग रु ४५ हजार कर असुली गर्दै आएको छ । तर नगरपालिकाले अहिलेसम्म उद्योगभित्रको फोहर व्यवस्थापनभन्दा अरु विकासका कुनै काम गर्न चासो देखाएको छैन ।
कार्यालयका अनुसार औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालन गरेबापत व्यवसायीले वार्षिकरूपमा जग्गाको बहाल प्रतिरोपनी रु १० हजार ९७६ र भवन बहाल प्रतिमहिना प्रतिवर्ग फिट रु ३०० तिर्दै आएका छन् । सस्तो बहाल र औद्योगिक क्षेत्रभित्र रहेकाले सुरक्षाको दृष्टिले पनि अधिकांश नयाँ उद्योगी व्यवसायी यही आउन चाहे पनि ठाउँको अभावका रहेको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
विदेशी विनिमय दर : पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो, कुबेती दिनारको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य ...
दशैंको सुकिला नोट असोज १३ मै पाइने, कहाँ कहाँ पाइन्छ ?
काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचन...
बहुप्रतीक्षित आईफोन १६ सार्वजनिक, जसले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिन्छ
काठमाडौँ । ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार रात...
नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार
काठमाडौँ । नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से प...
१६औं संस्करणको ‘नाडा अटो शो’ सुरु, २० अर्ब बढीको कारोबार हुने अनुमान
काठमाडौं । करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंग...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस