वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले वातावरणमैत्री उद्योगलाई राज्यले विशेष प्राथमिकता दिएको बताएकी छन् ।
सुपर इको व्रिक इनोभेसन प्रालि (सेबी)ले आयोजना गरेको नयाँ प्रविधिको जपानिज इँटा सार्वजनिक कार्यक्रममा उनले परम्परागत इँटा उद्योगले वातावरणलाई असर पु¥याइरहेको हँुदा आधुनिक इँटा उद्योगले वायु प्रदर्शनमा केही सुधार हुने विश्वास व्यक्त गरिन् ।
मन्त्री चौधरीले नेपाल र जापानको निजी संस्थाले यस किसिमको सहकार्य गरी नयाँ प्रविधियुक्त कार्य गर्नु सराहनीय काम भएको बताउँदै परम्परागत इँटा भट्टालाई वातावरणमैत्री रुपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याइन् ।
जापानिज संस्थाको सहयोगमा सेवीले करिब १०० रोपनी जग्गामा उक्त जापनिज इँटा उद्योग सञ्चालन गरेको छ । आगो बाल्न नपर्ने खालको उक्त इँटा आधुनिक मेसिनबाट निर्माण गरिन्छ ।
सो अवसरमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले जापानले गरेको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।
उनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि आर्थिक नीतिमा सुधार ल्याउनपर्नेमा पनि जोड दिए ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावा यस किसिमको इँटा उद्योग नेपालमा मात्र नभई अन्य विभिन्न राष्ट्रमा पनि रहेको जानकारी दिँदै यस उद्योगले जोखिमपूर्ण दुर्घटनाको न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।
त्यस्तै सेवीका निर्देशक प्रकाश गिरीले नेपालमा पहिलोपटक यस किसिमको इँटा उद्योग सञ्चालनमा आएको बताउँदै यस उद्योगबाट उत्पादित इँटा गुणस्तरिय हुुनुका साथै आधुनिक प्रविधिबाट निर्माण गरिएकाले घर बनाउँदा सिमेन्टसमेत कम खपत हुने जानकारी दिए ।
सम्बन्धित समाचार
कास्कीको खिलाङ र तप्राङमा पहिरो जाँदा ६ घरमा क्षति, जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह
कास्की । कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसे...
कोरियाबाट फर्केर कृषि व्यवसायमा, वार्षिक १० लाख आम्दानी
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् ।...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
धनकुटामा शुरु भयो सार्वजनिक सवारीसाधनमा टाइम कार्ड
धनकुटा । धनकुटा जिल्लामा पहिलोपटक सवारी साधनहरुमा टाईम कार्ड लागु गरिएको छ । सवारी दुर्घटना न्यू...
हड्डी अड्किएर धनकुटाको मूर्तिढुंगामा बृद्धको मृत्यु
धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मीमा एक वृद्धको मृत्यु भएको छ ।...
तिनकुने घटना : दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भ...
मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन
धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...
प्रतिकृया दिनुहोस