बालुवा तस्करी तीव्र

Baluwa

काठमाडौँ । वाग्मती नदीबाट भने बालुवा निकाल्न प्रतिबन्ध लगाए पनि नदिबाट बालुवा तस्करी तीव्र रुपमा बढेको छ ।

वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति चोरी भइरहेको छ ।

वाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकाली रहेका भेटिन्छन् । नदीसँग जोडिएको सार्वजनिक जग्गामा रहेको बालुवाको ढिस्कोबाट पनि बालुवा निकालिएको छ ।

प्रहरी प्रभाग थलीका प्रहरी हवल्दार विनेश कार्की भने बालुवा झिकेको सूचना पाएर समात्न जाँदा बालुवा तस्करले बाटोमा राखेका मानिसले फोन गरेर भगाउने गरेकाले साबेल मात्र समातेर ल्याउनु परेकोबताउछन् । तस्करले काम लगाएका कामदारको २५ वटा साबेल कार्यालयमै रहेको उले बताए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक अच्युतम् पुडासैनी भने जिल्ला समन्वय समिति काठमाडौँबाट बिल ल्याएर बालुवा लैजाने गरेकाले कारबाही चलाउन नसकिएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गोपाल अधिकारी स्वीकृित प्राप्त र नवीकरण भएका खानी एवं वर्षायाममा बाढी आउने खहरेले थुपारेको बालुवा झिक्न मात्र ठेक्का लगाइएको दाबी गरे ।

वाग्मतीबाट निकालिएको बालुवा समातेर कारबाही गर्न सकिने समन्वय समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...