जिपको ठक्करले एकको मृत्यु, एक घाइते

Acedent

कपिलवस्तु । जिपले ठक्कर दिँदा कपिलवस्तुमा सोमबार बिहान एक मृत्यु भएको छ । तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीको ज्यान गएको हो ।

तौलिहवाबाट जितपुर आउँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

जिपले साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई बचाउन खोज्दा चुदालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

जिपको ठक्करबाट साइकलमा सवार विद्यार्थी कपिलवस्तु नगरपालिका–६ थुमुवाकी १४ वर्षीया लक्ष्मी यादव घाइते भएकी छन् ।उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको र ठक्कर दिने जिप प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...