प्राधिकरणले घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा खरिद गर्ने

Gharelu saourya urja

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद गर्ने भएको छ । 

अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो । उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्राधिकरणले सौर्य प्रणालीबाट प्राप्त हुने ऊर्जाको औसत वार्षिक खपतको ९० प्रतिशतभन्दा बढी नहुने गरी ग्राहकले सौर्य प्रणाली जडान गरेको हुनुपर्ने बताएको छ । उत्पादन हुने ऊर्जाको क्षमता र उपलब्ध हुने प्रणालीको विश्लेषणका आधारमा प्राधिरकणले फरक क्षमताको मिटर जडान गर्नेछ ।

कार्ययोजनाको बुँदा नं ५२ ख मा समेटिएको प्रावधानअनुसार नै राष्ट्रिय प्रसारण लाइन तथा वितरण प्रणाली पुगेका स्थानबाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । विद्युत् बेच्न इच्छुक ग्राहकले सम्बन्धित वितरण केन्द्रसमक्ष सौर्य प्रणालीको क्षमता खुलाई अन्य प्राविधिक विवरण एवं उक्त प्रणालीको सम्पूर्ण जानकारी खुलाइ निवेदन दिनुपर्नेछ ।

प्राधिकरणका अनुसार ग्राहकले जडान गर्ने सौर्य प्रणालीको न्यूनतम क्षमता ५०० वाट हुनुपर्नेछ । भोल्टेज स्तरअनुसार २३० भोल्टमा पाँच किलोवाटसम्म ४०० भोल्टमा पाँच किलोवाटदेखि ४० कलिोवाटसम्म र एक हजार १०० भोल्टमा ४० किलोवाटभन्दा माथिको क्षमता रहनुपर्नेछ ।

विद्युत् खरिदसम्बन्धी छुट्टै कार्य्विधिका आधारमा काम गरिरहेको प्राधिकरणले घरायसी प्रयोजनाका लागि जडान भएका प्रणालीबाट पनि विद्युत् खरिदको नयाँ व्यवस्था गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अभियानका रुपमा शुरु गरेको शहरी सौर्य प्रणाली कार्यक्रमबाट लाभान्वित भएका ग्राहकसमेत प्राधिकरणको पछिल्लो निर्णयबाट थप लाभ हासिल गर्न सक्नेछन् ।

प्राधिकरणले हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उत्पादन गरिरहेको छ सय ८० किलोवाट क्षमताको सौर्य प्रणालीको ‘नेट मिटरिङ’ गरिरहेको छ । नेपाल इञ्जिनियरिङ एसोसियसनको केन्द्रीय कार्यालयमा जडान भएको सौर्य प्रणालीको पनि ‘नेट मिटरिङ’ शुरु भएको सो संस्थाका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत् विकास विभागका अनुसार हालसम्म औद्योगिक एवं व्यावसायिक प्रयोजनका लागि अपि पावरले २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानको प्रक्रिया शुरु गरेको छ । विभागले हालसम्म कूल ३२ वटा कम्पनीलाई सौर्य प्रणाली जडानसम्बन्धी अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...