सुन यो वर्ष कै सबै भन्दा महँगो

Gold bullion vault

काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै उच्च विन्दूमा पुुगेको छ । ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तराष्टिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो ।

आइतबार भदौ १८ गते सुनको भाउ प्रति तोला ५६ हजार ८ सय रुपैयाँको उचाईमा पुुगेको छ । २०७४ सालको ५ महिनाको अवधिमा सुनको भाउ यति माथिल्लो विन्दूमा पुुगेको थिएन ।

भदौ १ गते प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा सीमित थियो । २०७४ सालको ५ महिनाको अवधिमा सुन सबैभन्दा सस्तो असार २६ र २७ गते प्रति तोला ५२ हजार ८ सय रुपैयाँ कायम थियो।

यो वर्षको बैशाख महिनामा सुनको भाउ प्रति तोला ४ र ६ गते ५५ हजार ७ सय थियो । यो महिनाको २९ गते प्रति तोला ५३ हजार ३ सय मूल्य कायम थियो ।

यस्तै, जेठ महिनामा सुनको भाउ सबैभन्दा महंगो २४ गते प्रतितोलामा ५५ हजार ६ सय र सबैभन्दा कम बैशाख १ गते ५३ हजार ३ सय कायम थियो ।

यस्तै, असार १ गते सुन प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको थियो । यो महिना सबैभन्दा सस्तो २६ र २७ गते ५२ हजार ८ सय कायम भएको थियो ।

आर्थिक वर्षको सुरुवातको महिना साउनमा २९ गते प्रति तोलामा ५५ हजार ५ सय र सबैभन्दा कम साउन १ गते ५३ हजार ५ सय कायम भएको थियो ।

भदौमा यसअघि सुन सबैभन्दा सस्तो १ गते प्रति तोला ५५ हजार ५ सय कायम भएको थियो । यसरी नयाँ वर्षको ५ महिनाको अवधिमा सुनको भाउ प्रति तोलामा ४ हजारले बढिसकेको छ ।

५२ हजार ८ सयमा झरिसकेको मूल्य ५६ हजार ८ सय पुुगिसकेको हो । असार २६ र २७ गते सुन खरीद गरी सञ्चित गर्नेहरुले ३ महिनाको अवधिमा तोलामा ४ हजार बढिसकेको देखिएको छ । यो हिसाबले ३ महिनाको अवधिमा सुनमा लगानी गर्नेहरुले ८ प्रतिशतले रिटर्न पाएका छन् ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य भदौ १८ गते आइतबार प्रति तोला ७ सय ८० रुपैयाँको उचाईमा पुगेको हो ।

अन्तराष्टिय बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको र दशैंतिहारजस्ता मुख्य चाडपर्व आउनै बाँकी रहेकोले सुनको भाउ अझै बढ्न सक्ने विश्लेषकहरुले बताएका छन् । कतिपयले त दशैंसम्म सुनको भाउ ६० हजार प्रतितोलासम्म पुुग्नसक्ने प्रक्षेपण समेत गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...