दुबै हातबिहीन पाइलट जेसिकालाई सम्मान
काठमाडौ । जन्मदेखि नै २ हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि नाटले सम्मान गरेको छ ।
उड्डयन क्षेत्रमा जेसिका विश्वकी प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको भन्दै नाटले उनलाई सम्मान गरेको हो । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयनमा एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् ।
अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् ।
१४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो ।
खुट्टाले हवाइजहाज चलाउने पाइलट चारदिनपछि नेपालमा जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै पाइलट विजय लामाले उनलाई खादा ओढाएर सम्मान गरेका थिए ।
नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस