एउटै पहरामा तीन प्रजातिका : गिद्ध

अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुदै

Save valture

काठमाण्डौं। प्रकृतिको कुचीकार गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छन् । लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । 

मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्ग्न्धित वातवरणलाई स्वच्छ राखी महामारी र सरुवा रोग लाग्नबाट जोगाउँछ ।

हिमाल र तराईका विभिन्न सामुदायिक वनमा पाँचथरी गिद्ध पाइने गरेको गिद्ध संरक्षण अभिायनका विज्ञ कृष्णप्रसाद भुसालले बताए । उनका अनुसार डंगर, सुन, गोब्रे, हिमाली र हाडफोर गिद्ध पाइन्छन् । हिमालमा पाइने हिमाली गिद्ध र तराईमा पाइने डंगर गिद्धको बासस्थान जिल्लाका विभिन्न स्थानका जंगल र पहरा हुन् ।

पाँचथरी गिद्ध सधैँभरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरेगिद्ध र राजगिद्ध पनि बसाइँसराइ गरेर आउने गरेको नेपाल पक्षी संरक्षण संघ, गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसालले बताए ।उत्तरी भेग अर्घा किमडाँडा, धारापानी, ढाकावाङ, गोखुङा, हंसपुर, खनदह, खन, अर्घातोष, डिभर्ना र बल्कोटका पहरा र ठूला रुखमा बासस्थान फेला परेको छ ।

बाँगी घेराका भीरमा तीन प्रजातिका गिद्धले बाच्चा कोरल्छन, उनले भने, “एउटै पहरामा तीन जाति रहेको यो नेपालकै पहिलो अध्ययन हो ।” सुन्निएको र दुखेको निको पार्न पशुमा प्रयोग गरिने डाइक्लोफेनिक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्ध मरेको अनुसन्धानले देखाएको छ ।

गिद्धको संख्या ९५ प्रतिशतभन्दा बढीले घटेर अतिसंकटापन्न अवस्थामा पुगेको छ । गिद्धको लोप भएमा प्राकृतिक चक्र नै परिवर्तन हुने भएकाले पनि यसको संरक्षण अति आवश्यक रहेको छ । लोपोन्मुख पक्षी डंगर गिद्धका पाँच बाच्चा पाँच वर्षअघि अर्घाखाँचीबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्रमा लगेर राखिएको छ ।

गिद्धलाई डाइक्लोफेनिकरहित शुद्ध र नियमित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ताको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलिएको थियो ।

किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु संकलन गरी जटायु रेष्टुरेन्टमा रहेका पशुको वृद्धाश्रममा लागिन्छ । नेपाल पंक्षी संरक्षण संघका अनुसार १२ वर्ष अघिसम्म नेपालमा पाँच लाख र भारतमा १६ करोड गिद्ध थिए ।

नेपालमा पाइने आठ प्रकारका गिद्धमध्ये जिल्लामा पाँच प्रकारका गिद्ध छन् । गिद्धका लागि राम्रो बासस्थान भए पनि गिद्ध संरक्षणका लागि अर्घाखाँचीको स्थानीय प्रशासन राजनीतिक दल गैर सरकारी संस्था सबैले पहल गर्न जरुरी रहेको वातावरणप्रेमीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...