गृह–राज्यमन्त्री श्रेष्ठद्धारा नव निर्मित विद्यालय भवन उद्घाटन

Manti kusl

रामेछाप । रामेछाप जिल्लाको साविक मन्थली नगरपालिका वडा नम्बर ११ गेलुमा रहेको श्री शारदा उच्च माध्यामिक विद्यालयको नवनिर्मित भवन राज्य मन्त्री श्रेष्ठले शनिबार उद्घाटन गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा गृह राज्यमन्त्री श्रेष्ठले उक्त भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गृहराज्यमन्त्री श्रेष्ठले वर्तमान सरकारको समग्र ध्यान प्रदेश र संघको निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्नेमा केन्द्रित रहेको बताए । श्रेष्ठले शारदा उच्च माध्यामिक विद्यालयको विकासको लागि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विद्यालयको १४ कोठे भवन १ करोड ६७ लाख १७ हजार ८ सय १० लागतमा निर्माण भएको हो । भूकम्पपछि भत्कीएको उक्त भवन बनाउन डब्लुएचएस, आरआरएन र फ्रान्ससेली संस्था एईले सहयोग गरेको आरआरएन रामेछापका संयोजक होमराज बिसुरालले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम नन्नदन साहले विद्यालयको आर्थिक र भौतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...