बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

पथरी । मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।


बाढीबाट विस्थापित भएका उर्लाबारी ८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् ।

राजघाट ५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

एक घर बराबर दुई हजारका दरले सो रकम प्रदान गरिएको स्थानीय सञ्चारकर्मी तेजेन खड्काले जानकारी दिए । ममताकी छोरी मीता राना मगर, उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्की सञ्चारकर्मी तेजन खड्का, हरि कोइराला, किशोर श्रेष्ठलगायतले उक्त रकम आज हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...