धनुषाका अघिकांस सरकारी कार्यालय डुबानमा

Jalmagna dhnusa

धनुषा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बाढीले धनुषाका सरकारी कार्यालय नै डुवानमा परेका छन् ।

राति परेको अविरल वर्षाले धनुषा जिल्लाका अधिकांस सरकारी कार्यालय डुबानमा परेका छन् । पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई फिटभन्दा माथि पानी जमेको छ ।

एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणको कार्य गर्दा ह्युम पाइप राख्दा गरेको लापरबाहीले पानीको बहाव बन्द भई राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण र जिल्ला प्रहरी कार्यालय परिसर डुबानमा परेको छ ।

पानीले प्रजिअको आवास क्षेत्रस्थित सुरक्षा गार्ड परिसर पनि जलमग्न भएको छ ।

आइतबार सरकारी विदा परेकाले दैनिक कामकाजमा प्रभाव नपारे पनि सरकारी कार्यालय नै डुबानमा परेकाले समस्या आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...