अमेरिकामा नेपाल पत्रकार मञ्चको शाखा गठन

Fpm america

काठमाडौं । स्वतन्त्र पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार मञ्चको विदेशमा पनि शाखा स्तिार भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष चन्द्रमणि भट्टराईको उपस्थितीमा अमेरिकामा मञ्चको बिस्तार भएको हो ।

अमेरिकाको भर्जिनियामा शनिबार सम्पन्न भेलाले टंक न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ ।उपाध्यक्षमा केशर कार्की, सचिवमा अशोक ढकाल र कोषाध्यक्षमा रिना शर्मा चयन भएका छन् । सदस्यहरुमा लिलादेवी ओझा, ब्रदी गौतम, भोजबहादुर मगर, इश्वर भण्डारी र निरन्त रमन घिमिरे चयन भएका छन् ।

मञ्चका केन्द्रिय अध्यक्ष युवराज बिद्रोहीका अनुसार हालसम्म नेपालमा ८ जिल्लामा शाखा गठन भइसकेको छ भने अन्य जिल्लामा पनि शाखा बिस्तारको तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...