पाँच वटा पत्रकारिता पुरस्कार प्रदान
काठमाडौं । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील पाँच जना पत्रकार विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् ।
नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौं वार्षिक साधारणसभा एवं कार्यकारिणी सभाको अवसरमा वरिष्ठ पत्रकार रमेशकाजी स्थापित, राजेन मानन्धर, मोहनमान सांगामी, वरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकार र वरिष्ठ काटुनिष्ठ श्याम डंगोललाई सम्मानित भएका हुन् ।
समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको नाममा स्थापना गरेको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारबाट स्थापित, भिक्षु कुमारकाश्यप महास्थविरको नाममा भिक्षु कौण्डन्यले स्थापना गरको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मानन्धरलाई, मोतिशान्ति शाक्यले आफ्नी आमाको नाममा स्थापना गरेको ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता पुरस्कार सांगामीलार्ई, व्यवसायी बाबुराजा ज्यापूस्थापना गरेको फोटो पत्रकारिता पुरस्कार चित्रकारलाई र शोभा श्रेष्ठले आफ्ना पिता र माताको नाममा स्थापना गरेको पुरुषोत्तम निरादेवी पत्रकारिता पुरस्कार डंगोललाई प्रदान गरिएको छ ।
१० हजार रुपैयाँ राशी रहेको सबै पुरस्कारहरु वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन र सम्बन्धित पुरस्कार दाताले प्रदान गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको कामना गर्दै स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
प्रतिकृया दिनुहोस