डेढ महिनामा बाढी पहिरोले दश करोडको क्षति

Nuwakot

नुवाकोट । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । 

सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक तथ्यको आधारमा तयार गरिएको एकिकृत प्रतिवेदनअनुसार कृषि उब्जनी एवं जोखिमको बस्तीको सुरक्षा, पशु, खानेपानी, सिँचाइ, झोलुंगे पुल, पानीघट्टलगायतमा पुगेको क्षतिको पुनःनिर्माणमा दश करोड लाग्ने देखिएको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले तयार गरेको तथ्यांकमा नुवाकोटमा यो आर्थिक वर्ष (साउन १–भदौ १५ सम्म)को डेढ महिनाको अवधिमा तीन सय ९२ घरधुरी किसानको ४७ हेक्टर जमिनमा लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुगेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

किसानले लगाएको अन्नबाली पहिरोले बगाएको तथा पुरिएर नोक्सान हुँदा ६८ लाख ९० हजारको क्षति भएको छ । प्रजिअ बरालकाअनुसार पशुतर्फ तीन घरधुरी किसानको तीन गोठमा क्षति पुगेको, खानेपानीतर्फ १८ वटा योजना क्षतिग्रस्त हुँदा ७२ लाख ७५ हजार क्षति पुगेको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका ग्रामीण सडकमा क्षति पुगेकाले त्यसको पुनःनिर्माण एवं मर्मतका लागि ३८ लाख खर्च हुने, बाढी पहिरोबाट क्षतिग्रस्त बनेका १५ वटा सिँचाइ कुलोको मर्मतका लागि ५३ लाख २२ हजार खर्च हुने विषयगत कार्यालले तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रजिअ बरालले भने,“जिल्लास्थित कार्यालयमा बजेटको अभाव र नीति तथा कार्यक्रम नहुँदा केन्द्रसँग समन्वय गर्नुपर्ने समेत देखिएको छ ।” लगत संकलनसहित तयार गरेको प्रतिवेदनको विश्लेषण गरी जोखिमको बस्तीलाई स्थान्तरण, कटानमा परेका जमिन सुरक्षित, पीडित भएका किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...