शेयर बजार : ३ अर्ब बढीको कारोबार

Seyar bajar nepal stock exchange

काठमाडौ । धितोपत्र बजारमा यस साता तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल एक सय ८० कम्पनीको ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ । 

कारोबार रकम गत साताको भन्दा ७.४ प्रतिशत बढी हो । गत साता एक सय ७५ कम्पनीको तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन एक हजार पाँच सय ८० दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९.४२ अंकले घटेर ३३१.३२ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको १८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको थियो । कारोबार भएको सेयर संख्याका आधारमा एनआईसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता शेयर कारोबार भएको थियो ।

कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार आठ सय ७८ वटा शेयर कारोबार भएको स्टकले जनाएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...