यातयात व्यवसायी र सरकारबीच सधैं एउटै दोहोरी

टिकट खुला गर्न बसमा छत राख्ने व्यवसायीको शर्त कायमै

Dasai buking

काठमाडौं । के तपाई दशैंको टिकट खुल्ने पखाईमा हुनुहुनछ ? हुनुहुन्छ भने अबको एक सातापछि नै तपाईले दशैंमा घर जाने टिकट पाउनुहुने भएको छ ।

अघिल्ला वर्षहरुमा समयमै दशैंको टिकट बुकिङमा आनाकानी गर्ने व्यवसायीहरु यो वर्ष भने अग्रिम बुकिङमा आफैं हतारिएका छन् । प्रत्येक यातयात व्यवसायीले यो वा त्यो बहानामा प्रत्येक वर्ष यात्रुलाई दशैंको बेला दुःख दिँदै आएका थिए ।

अघिल्लो वर्ष त यात्रुको सामान राख्न बसको छत राख्न नदिए टिकट बुकिङ नगर्ने भन्दै लामो समयसम्म बुकिङ खुलाएका थिएनन् । तर, यो वर्ष बसको छत राख्न सरकार सकारात्मक देखिएपछि यो वर्ष व्यवसायीहरु तत्काल दशैंको टिकट अग्रिम बुकिङ गर्न राजी भएका थिए ।

यस्ता छन् शर्त
यो वर्ष यातयात व्यवसायीहरुले २२ भदौंमै दशैंका लागि टिकट अग्रिम बुकिङ गर्ने भएका छन् ।

सरकारको पहलमा यातायात व्यवस्था विभाग मीनभवनमा विभागका कर्मचारी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायीबीच शुक्रबार बसेको बैठकले काठमाडौँबाट चल्ने लामो तथा मझौला दूरीको बसको टिकट खुला गर्ने निर्णय गरेको हो ।

त्यसका लागि व्यवसायीले यात्रुका सामान राख्न छतको व्यवस्था गर्नुपर्ने पुरानो मागलाई यथावत राखेका छन् । उनीहरुले यो वर्ष यात्रुका सामान राख्न छतको व्यवस्था नगरे सजिलै यात्रु बोक्न नसकिने बताएका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका कावा अध्यक्ष डोलराज खनालले भने, ‘सरकारले छत हटाउने गरेको निर्णय अव्यावहारिक भएकाले त्यसलाई सच्याउनुपर्छ ।’

सरकारी अधिकारी त्यसमा सकरात्मक देखिएका छन् । विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीको मागलाई सम्बन्धित क्षेत्रमा पु¥याएर समाधान गर्ने बताए । व्यवसायीले भाडा समायोजन, बर्खायाममा यात्रा गर्दा बाटोमा पर्ने समस्याको समाधानका लागि चाहिने पूर्वाधार, सवारी जाँचपास लगायका विषयमा विभाग गम्भीर रहेको उनले बताए ।

तर, प्रहरीले भने तोकिएको भन्दा धेरै यात्रु बोके कारवाही गर्ने चेतावनी पनि दिएका छन् । नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक सुदीप आचार्यले भने छत राख्ने बहानामा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...