दुई महिनाभित्र प्रदेश राजधानी तुलसीपुर तोकिन्छ : मन्त्री शर्मा

Tulasipur

काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ५ नं. प्रदेशको अस्थाई केन्द्र दाङको तुलसीपुरलाई तोक्ने तयारी भइरहेको बताएका छन् ।

जिल्लाको समग्र विकासका लागि काठमाडौं आएको दाङको टोलीसँग शुक्रबार भएको भेटमा मन्त्री शर्माले प्रदेशको अस्थाई केन्द्र तुलसीपुर तोक्ने तयारी भइरहेको बताएका हुन् ।

गृहमन्त्री शर्माले प्रदेशको केन्द्र प्रदेश सभाले टुङ्गाउने बिषय भए पनि अस्थाई मुकाम सरकारले तोक्ने र दुई महिनाभित्र तुलसीपुरलाई अस्थाई मुकाम तोक्ने प्रतिबद्धता जनाएको तुलसीपुर नगर कार्यपालिकाका प्रवक्ता श्याम डाँगीले बताए ।

गृहमन्त्री शर्मासँग दाङको समग्र विकास र शान्ति सुरक्षाका बिषयमा कुराकानी भएको थियो । टरिगाउँ हवाई मैदानमा उडान सुचारु गर्ने बिषयमा मन्त्री शर्मा सकारात्मक भएका भएका छन् । मन्त्री शर्माले इन्धन र यात्रुको समस्या देखाएको र तुलसीपुरका मेयर पाण्डेले इन्धन डिपो स्थापनाका लागि आयल निगमसँग कुराकानी गर्ने प्रतिवद्धता जनाए ।

सो टोलीले शुक्रबार नै गरिवी निबारण कोषका कार्यकारी निर्देशक नहकुल केसीसँग पनि भेटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...